फोहोरमैला व्यवस्थापन गर्न मबाहेक कसैले सक्दैन, मेरै अध्यक्षतामा संसदीय समिति बनाइयोसः रामबिर मानन्धर



काठमाडौं । नेकपा एमालेका नेता रामबिन मानन्धरले आफूले मात्रै काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न सक्ने दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले आफू बाहेक अरुले फोहोरमैला व्यवस्थापन गर्न नसक्ने बताए ।

उनले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण होस् भन्ने मेरो माग छ ।

‘म काठमाडौं महानगरको मेयरको आकांक्षी थिए तर उम्मेदवार बन्न पाइन,’ उनले भने, ‘फोहोरमैलाका कारण महानगर अस्तव्यस्त र ध्वस्त भइरहेको छ । त्यसैकारण मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरोस भन्ने मेरो माग हो ।’

उनले स्थानीय तहको निर्वाचन सकिएको करिब एक महिना भइसक्दा पनि फोहोरमैला व्यवस्थापन नभएको भन्दै फोहोरमैला व्यवस्थापन गर्न इच्छाशक्ति भएको व्यक्ति चाहिने र त्यो आफू मात्रै भएको दाबी गरे ।

‘फोहोरमैला व्यवस्थापन गर्न इच्छाशक्ति भएको व्यक्ति चाहिन्छ, त्यो भनेको म मात्रै हो भन्ने मेरो दाबी हो,’ उनले भने ।


क्लिकमान्डु