बिहीबार १७ अंकले घट्यो नेप्से, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । लामो समयपछि बुधबार हरियाली छाएको सेयर बजार बिहीबार फेरि राताम्मे भएको छ ।

बुधबार नेप्से परिसूचक ६० अंकले बढ्दा हौसिएका लगानीकर्ता बिहीबार १७ अंकले घट्दा फेरि निराश बनेका छन् ।

बिहीबारको कारोबारमा नेप्से परिसूचक २०६२.८१ अंकमा झरेको छ । यो दिन ४१ लाख ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।

यो दिन अधिकांश कम्पनीको सेयर मूृल्य ओरालो लाग्दा २ कम्पनीहरु उपकार लघुवित्त र बफेली हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्र्किट लागेको छ ।


क्लिकमान्डु