औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी तथा मरिच आयात गर्दा नगद मार्जिन लागू हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच, केराउ, बदाम, काजु, पिस्ता आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले औद्योगिक प्रयोजनका लागि गत फागुन २६ गते सुपारी, मरिच र केराउ आयात खुल्ला गरेको थियो ।

‘उद्योगहरुले औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच, केराउ, बदाम, काजु, पिस्ता वस्तुहरु आयात गर्दा नगद मार्जिन राख्नुपर्नेछ,’ राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पाख्रेलले बताए ।

सरकारले औद्योगिक प्रयोजनका लागि यी वस्तुको आयात गत फागुन २६ गते खुला गरेपछि उद्योग विभागको सिफारिस तथा वाणिज्य विभागको अनुमतिमा उद्योगहरुले नगद मार्जिन राख्दै एलसी खोल्नुपर्छ ।

यसअघि अन्यथा भएकाले सच्चाइएको छ– सम्पादक


क्लिकमान्डु