जेठ मसान्तमा अवकास हुँदै गरेका गिरीको संयोजकत्वमा सेयर बजारको समस्या समाधान गर्न समिति गठन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बुधबार धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवमा सेयर बजारको समस्या समाधान गर्न समिति गठन गरेको जानकारी दिए ।

यसैको असर हुनसक्छ पछिल्लो समय लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार ६० अंकले पनि बढ्यो ।

अर्थमन्त्री शर्माले सेयर बजारको समस्या समाधानका लागि समिति गठन गरेको तथा गभर्नर महाप्रसाद अधिकारी र बोर्ड अध्यक्ष रमेश हमालसँग छलफल गरेको जानकारी दिएका थिए ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन भएपनि उनी बोर्डबाट जेठ ३१ गते अवकास पाउने कर्मचारी हुन् । धितोपत्र बोर्ड स्रोतका अनुसार उनी ३१ गतेदेखि अनिवार्यरुपले अवकासमा जानुपर्छ ।

‘निरज सर ३१ गतेदेखि अवकासमा जाने हो, सायद एक हप्ताभित्र समितिले प्रतिवेदन दिने गरेर काम गर्ने होला,’ बोर्ड स्रोतले क्लिकमाण्डूसँग भन्यो ।


क्लिकमान्डु