अज्ञानताका कारण पुँजीबजारका लगानीकर्ता समस्यामा परेः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा अज्ञानताका कारण लगानीकर्ता समस्यामा परेको बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

अर्थमन्त्री शर्माले पुँजीबजार क्षेत्रमा ज्ञान, जनचेतना, साक्षरताको खाँचो रहेको बताउँदै बोर्डले जनशक्ति परिचालन गर्नुपर्ने बताए ।

उनकाअनुसार पुँजीबजार क्षेत्रमा आबद्व रहेका नयाँ लगानीकर्ता गाउँगाउँमा रहेकाले उनीहरूलाई जनशक्ति परिचालन गरी ज्ञान दिन आवश्यक छ ।

त्यसैगरी, सरकारले जवनफदेहितासहितको स्वायत्तताको पक्षमा अर्थमन्त्रालय रहेको बताए ।

‘नियमनकारी निकाय आफैमा स्वायत्त छ । तर नियमनकारीको स्वायताको जवाफदेहिता अर्थमन्त्रालयले खोज्नेछ,’ उनले भने ।

नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिको आवश्यकता छ । त्यसैले, पुँजीबजारलाई अर्थतन्त्रको ऐना बनाउन अझै कोसिस गर्नुपर्ने देखिएको उनको भनाइ छ।

त्यस्तै, पुँजीबजारलाई प्रविधियुक्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘पुँजीबजारलाई आधुनिक प्रविधि सहितको बजार बनाउनुपर्छ । प्रविधियुक्त बनाउन सकेमा सरल र सहज तरिकाले करोबार गर्न सकिन्छ,’ उनले भने ।


क्लिकमान्डु