काठमाडौंको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीले पनि पहलकदमी लिनुपर्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीले समेत पहलकदमी लिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरको मात्रै प्रयासले नहुने भन्दै प्रधानमन्त्रीले पनि यसका लागि पहलकदमी लिनुपर्ने बताए ।

‘काठमाडौंको फोहोर व्यवस्थापनको काममा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा हामीले पनि सहयोग गर्नुपर्छ । हाम्रो कर्तव्य हो । तर कतिपय कुरा दुई संस्थाले मात्रै गरेर हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि पहल कदमी लिनुपर्ने छ । र, म यसका लागि प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु ।’

सरकारले आफ्नो कर्तव्य पूरा गरेपछि हामी नगरबासीले पनि केही कर्तव्य पूरा गर्नुपर्ने बताए ।

‘काठमाडौं महानगरले आह्वान गरेअनुसार आगामी साउन १ गतेदेखि फोहोरको स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नुपर्ने हाम्रो कर्तव्य हो,’ उनले भने ।

उनले महानगरलाई फोहोर मुक्त बनाउने अभियानमा आसपासका नगरपालिका र सबै वडाहरुका जनप्रतिनिपिधले काम गर्नुपर्ने भन्दै यसका लागि सबैलाई काममा एकजुट हुन आह्वान समेत गरे ।


क्लिकमान्डु