मंगलबार पनि उच्च अंकले घट्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक उच्च अंकले घटेको छ । यो दिनको कारोबारमा नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ अंकमा सीमित भएको छ ।

कुल ३८ लाख ८७ हजार ७४८ कित्ता १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँमा कारोबार भएको मंगलबार जम्मा १५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, १८१ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

यद्यपि यो दिनको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि छ भने त्यसपछि कुमारी बैंक, एचडीएल, शिवम् सिमेन्ट र नबिल बैंक छन् ।


क्लिकमान्डु