नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेल हटाइए



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई पदबाट हटाएको छ ।

लामो समयदेखि मन्त्रालयमा हाजिर गरिरहेका पौडेललाई आज बसेको मन्त्रिपरिषदको बैठकले हटाएको हो ।

तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री योगेश भट्टराईले पौडेललाई ४ वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेका थिए । तर वर्तमान सरकार आएपछि पर्यटनमन्त्रीसँग उनको सम्बन्ध राम्रो हुन सकेको थिएन ।


क्लिकमान्डु