१२.८९ अंकले घट्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १२.८९ अंकले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक सोमबार कारोबार सकिँदासम्म २०६५.८२ अंकमा सीमित भएको छ ।

यो दिनको कारोबारमा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

यो दिनको कारोबारमा उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिनको कारोबारमा ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोडठ ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको छ ।


क्लिकमान्डु