एक वर्षपछि कारोबार खुल्दा हिमालयन बैंकको सेयर मूल्य १०%ले घट्यो



काठमाडौं । हिमालयन बैंकको सेयर कारोबार एकवर्षपछि खुलेको छ ।

गतवर्ष नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेपछि हिमालयन बैंकको सेयर कारोबार रोकिएको थियो ।

सोमबारदेखि सेयर कारोबार खुलेको हो । कारोबार खुल्नासाथ हिमालयन बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

यसको सेयर मूल्य ३८.१५ रुपैयाँले घटेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पनि सेयर कारोबार खुलेपछि केही समय हरेक दिन १० प्रतिशतले मूल्य घटेको थियो ।

बैंकको सेयर कारोबार साना लगानीकर्ताको लागि मात्र खुलेको हो । १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीले सेयर बेच्न पाउने छैनन् ।


क्लिकमान्डु