राताम्मे भएको सेयर बजार सुधार गर्न बजेटले केही ल्याएन: सांसद अधिकारी



काठमाडौं । सांसद खगराज अधिकारीले घटेर राताम्मे भएको सेयर बजार सुधारका लागि सरकारले बजेटमा केही व्यवस्था गर्न नसकेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । अधिकारीले हरियो सेयर बजार अहिले राताम्मे हुँदा पनि सरकारले बजेटमा केही व्यवस्था गर्न नसकेको तर्क गरे ।

‘सरकार उत्पादकत्व सृजना गर्छु भन्छ’ उनले भने, ‘यो क्षेत्रमा आबद्ध भएका रोजगारी सृजना गरेका, पुँजी निर्माण गरेका लाखौ लगानीकर्तालाई यो सरकारले कहिले सम्बोधन गर्छ ।’ बजार घटेको बेला पीडित बनेका लगानीकर्ताका लागि बजेटले केही गर्न नसकेको उनको तर्क छ ।

सेयर बजार निरन्तर आरोलो लागेको बेला लगानीकर्तालाई आवश्यक ऋण लिन समेत समस्या भएको उनको तर्क छ ।


क्लिकमान्डु