पूर्वमन्त्री अर्यालको प्रश्न-ठेक्कामा जान लागेका आयोजनामा बजेट खै ?



काठमाडौं । सांसद पधमा कुमारी अर्याल आगामी आर्थिक वर्षको बजेट लाग्ने तयारीको रहेका आयोजना नपरेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

सरकारले आगामी आवका लागि ल्याएको बजेटमा सिद्धार्थ राजमार्ग, कोहलपुर राजमार्ग नपरेको भन्दै ती आयोजना किन नअटेको भन्दै प्रश्न गरेकी छिन् ।

‘यी आयोजनाको डिपीआर अघिल्लो सरकार हुँदा नै बनेको थियो’ उनले भनिन्, ‘डिपीआर बनेको आयोजना ठेक्कामा जाने प्रकृयामा रहेका आयोजना किन सरकारले प्राथमिकता परेन्, मन्त्रीले त्यसको जवाफ दिनुपर्छ ।’

पोखराबाट साढे २ घण्टामा बुटवल जाने सडकका लागि अर्थ मन्त्रालयले सम्झौता गरेको भएपनि त्यसका लागि सरकारले बजेट विनियोजन नगर्नु लज्जाको विषय भएको उनको तर्क छ ।

पूर्व भूमी, व्यवस्था, सहकारी तथा निवारण मन्त्री अर्यालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘गफैत हो नी सम्धी’ भनेजस्तो भएको बताइन् ।

सरकारले आगामी आवका लागि बजेट विनियोजन गर्दा योजना नै नभएका क्षेत्रमा बजेट विनियोजन गरेको तर्क गरिन ।
अर्यालले आँधिखोला जलविद्युत आयोजनालाई दुहुनो गाई नबनाउन आग्रह गरिन ।

यसका लागि बर्षे नी बजेट जाने र कार्यान्वयन नगरेको भन्दै यसलाई हुन्छ भने हुन्छ हुँदैन भने त्यसको जानकारी जनतालाई दिन आग्रह गरिन । उनले कृषि क्षेत्रमा गएको बजेट सफल कार्यान्वयन गर्न आग्रह गरिन ।


क्लिकमान्डु