वृद्धभत्ता पाउने उमेर घटाएकोमा प्रदीप ज्ञवालीले दिए अर्थमन्त्रीलाई धन्यवाद



काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मालाई वृद्धभत्ता पाउने उमेर घटाएकोमा धन्यवाद दिएका छन् ।

बजेटमाथि बोल्दै प्रतिनिधिसभाको बैठकमा बिहीबार उनले भने, ‘एमालेले १ सय रुपैयाँबाट शुरु गरेको बृद्धभत्ताको शुरुवातलाई निरन्तरता दिनु भएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’

ज्ञवालीले आफूहरुले सुनकोसी, रेल, आन्तरिक जलमार्गको कुरा उठाउँदा खिटिस्युटरी गरेको, कागजका पानीजहाज बढाएर रत्नपार्कमा बगाएको भन्दै अर्थमन्त्रीले पनि एक घण्टामा काठमाडौंबाट चितवन पुग्ने द्रुतमार्गको योजना ल्याएर एमालेकै बाटो पहिल्याएको बताए ।

उनले बजेटको आकार ठूलो भएको भन्दै कार्यान्वयन गर्न नसकिने बताए । उनले वर्तमान सरकारलाई एमसीसी पास गरेकोमा धन्यवाद दिँदै अब बुढिगण्डकी आयोजनामा पनि एमसीसी जस्तै नगिजोल्न आग्रह गरे ।

उनले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि नहुने समेत बताए ।


क्लिकमान्डु