एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड निष्कासन, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड निष्कासन भएको छ ।

फन्डले १० करोड इकाई निष्कासन खुला गरेको छ । प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ १० करोड इकाई निष्कासन गर्न लागेको हो ।

जसमा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

फन्डमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा असार २ गतेसम्म आवेदन दिन सकिने छ । फन्डमा न्यूनतम १० १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । यो ७ वर्षे बन्दमुखी योजना हो ।


क्लिकमान्डु