सेयर बजारमा सामान्य गिरावट, शिखर इन्स्योरेन्सको सेयर मूल्य १०% ले घट्यो



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.२१ अंकले घटेर परिसूचक २१३०.७१ बिन्दुमा रोकिएको छ ।

२२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ५.०४, जीवन बीमा १५७.१, उत्पादन तथा प्रशोधन ३३.०५, माइक्रोफाइनान्स १३.३, जीवन बीमा समूहको उपसूचक १५५.८५ अंकले घटेको छ । यस्तै विकास बैंक २१.४२, जलविद्युत १६.७२, वित्त समूहको उपसूचक ५.८६ अंकले बढेको छ ।

बजारमा सामान्य गिरावट आउँदा मैलुङखोला जलविद्युत कम्पनी र बलेफी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै शिखर इन्स्योरेन्सको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ९२४ रुपैयाँ ३० पैसा पुगेको छ ।


क्लिकमान्डु