सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ एपमा
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ एप रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।
अब बैंकका ग्राहकले नेपालभर आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२ हजार बढी एजेन्ट/सब/एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा बैंकले ल्याएको छ ।