बीमा समितिले माग्यो कृषि अधिकृत



काठमाडौं । बीमा समितिले कृषि अधिकृत माग गरेको छ । समितिले करार सेवामा १ जना कृषि अधिकृत नियुक्ति गर्ने भएको हो ।

समितिले कृषि अधिकृत करार सेवामा नियुक्तिका लागि रोस्टर तयार पार्न लागेको हो ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि विज्ञान विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने समितिले जनाएको छ ।

समितिकाअनुसार उपयुक्त बमोजिमको शैक्षिक योग्यता पुगेका व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण, कार्य अनुभव तथा नागरिकताको प्रमाणपत्र सहितको निवेदन समिति आवेदन दिन सक्नेछन् ।

इच्छुक व्यक्तिहरूले जेठ २३ गतेसम्म समितिको इमेल ठेगाना ष्लाय२लष्द।नयख।लउ तथा समितिको कार्यालयमा गई आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु