सरकारलाई पूर्वअर्थमन्त्री पाण्डेको प्रश्नः वृद्धभत्ता किन ५ हजार नपुर्याएको ?



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यो सरकारलाई वृद्धभत्ता किन ५ हजार नपुर्याको भन्दै प्रश्न गरेका छन् ।

काँग्रेसको घोषणापत्रमा बृद्धभत्ता ५ हजार पुर्याउने भनेर उल्लेख गरेको भएपनि किन नपुर्याएको त्यसमा गुनासो रहेको दाबी गरे । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो दाबी गरेका हु्न् ।

वृद्धभत्ता जति नै घटबढ गरेपनि त्यसको दाबी एमालेकै हुने दाबी गरेका छन् । ‘आगामी आवको बजेटमा सरकारले वृद्धभत्ता बढाएको छैन, उमेर हद घटाएको छ’ उनले भने, ‘यो सरकारले वृद्धभत्ता जे नै गरेपनि त्यसमा एमाले कै बढी दाबी हुन्छ ।’


क्लिकमान्डु