सेञ्चुरी बैंकको शाखा पथरी र इनरुवामा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका-१ मापथरी र सुनसरीजिल्लाकोे इनरुवानगरपालिका–१, भगवतीरोडमा इनरुवा शाखा सन्चालनमा ल्याएको हो ।

पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरेका छन् ।

यस्तै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त उद्घाटन गरेका छन् ।

चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।


क्लिकमान्डु