बजेटले घटाएको करले इन्टरनेटको मूल्य १७ रुपैयाँमात्र घट्ने



काठमाडौं । सरकारले आइतबार प्रस्तुत गरेको बजेटमार्फत दूरसञ्चार सेवा शुल्क घटेको घोषणा गरेको थियो । यो घोषणासँगै अब इन्टरनेटको मूल्य घट्ने समाचाहरु आए ।

इन्टरनेट सेवा प्रदायकहरुले भने सरकारले घटाउको शुल्कले इन्टरनटेको मूल्यमा खासै फरक नपर्ने बताएको छन् ।
‘सरकारले गरेको कर परिवर्तनले लगभक १७ रुपैयाँ मात्र कम हुन्छ,’ इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले भनेको छ, ‘यसले अहिलेको इन्टरने मूल्यमा तात्विक फरक पर्ने छैन ।’

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत दूरसञ्चार सेवा शुल्कमा ३ प्रतिशत घटाएको घोषणा गरेका थिए । इन्टरनेमा लाग्दै आएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्कलाई १० प्रतिशतमा झारेका थिए ।

१३ प्रतिशत सेवा शुल्कले उपभोक्ताले ६५ रुपैयाँ तिर्नु पथ्र्यो भने अब यो शुलक ५० रुपैयाँ हुने संघले जनाएको छ ।
यस हिसाबले हेर्दा १६ रुपैयाँ ९५ पैसामात्र कमी आएको संघको भनाइ छ ।

यसबाहेक अन्य शुल्क भने यथावत रहेको छ । दूरसञ्चार सेवा शुल्कबाहेक हाल इन्टरनेट शुल्क भनेर ५०० र मर्मम सम्भार ५०० लाग्छ ।

बजेटले घोषणा गरेको छुटभन्दा अघि १ हजार २ सय ३ रुपैयाँ तिर्नुपथ्र्यो भने ३ प्रतिशत घटेपछि १ हजार १ सय ८६ रुपैयाँ भएको संघले जनाएको छ ।


क्लिकमान्डु