अर्थमन्त्रीलाई सांसद तामाङको प्रश्न- स्वास्थ्य बीमाबाट सबै रोगको उपचार निःशुल्क गर्ने आँट किन नगरेको ?



काठमाडौं । सांसद शेर बहादुर तामाङले सरकारलाई स्वास्थ्य बीमाको माध्यमबाट सबै नेपालीलाई सबै खाले रोगको निःशुल्क उपचार गर्ने आँट किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

सासद तामाङले जनतालाई जस्तो रोग लागे पनि सबै खर्च स्वास्थ्य बीमाबाट लिएर उपचार गर्छौ भनेर किन आँट बजेटमा किन नरेको भन्दै प्रश्न गरेका हुन् । प्रतिनिधिको बैठकमा उनले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।

सरकारले ल्याएको आगामी आवको बजेटमा स्वास्थ्य बीमा नीजि क्षेत्रलाई दिने आशय देखिएको भन्दै यसले जनताको स्वास्थ्य निकै महंगो पर्ने बताए ।

सरकारले बजेटमा मृगौला प्रत्यारोपण निशुल्क गर्ने भनेर १० करोड बजेट छुट्याएको र त्यसले कति जनाको प्रत्योरोपण गर्ने भन्दै प्रश्न गरे ।

बजेटले स्वास्थ्य बीमामा बीमा कम्पनी उल्लेख भएको भन्दै कतै सरकारले नीजि क्षेत्रलाई दिन लागेको त हैन भनेर प्रश्न गरेका छन् ।

उनले बजेटले टेलिकम, विद्युत प्राधिकरणलाई नीजिकरण गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् । मेलम्ची खानेपानीको मुहानमा सरकारको नीति तथा कार्यक्रम, बजेटमा केही नपरेकोमा गुनासो गरे ।


क्लिकमान्डु