मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।

केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि राय/सुझाव मागेको हो ।

राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।

बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना [email protected]  सुझाव तथा राय पठाउन सकिने छ ।


क्लिकमान्डु