पूर्वअर्थमन्त्री पौडेलको प्रश्नः गरिबी घटाउने, रोजगारी सृजना गर्ने सहकारीलाई किन करको बोझ थपेको ?



काठमाडौं । पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले बजेट मार्फत सहकारी संस्थाको कर बढाएको असन्तुष्टी जनाएका छन् ।

सहकारी संस्थाले गरिबी निवारण, रोजगारी सृजना गर्न योगदान गर्ने भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा करको बोझ थपेर के गर्न खोजेको हो ? भन्दै प्रश्न गरे ।

प्रतिनिधि सभाको बैठकमा उनले सरकारको यस्तोे नीतिप्रति असन्तुष्टी जनाएका हुन् । ‘सहकारीलाई अर्थतन्त्रको तीन मध्ये एउटा पिल्लरको रुपमा बुझ्ने गरेको छ’ उनले भने ‘त्यस्ता सहकारीमा लाग्ने आयकर किन बढाएको ।’

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५,७ र १० प्रतिशत भएकोमा अहिले ७.५, १० र १५ पुर्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । बजेटमा आर्थिक विकासको कुरा गरेको भएपनि व्यहारमा उल्टो दिशामा लागेको र देशलाई संकटमा धकेल्ने दाबी गरे ।


क्लिकमान्डु