दुर्घटनाग्रस्त तारा एयरकाे उद्दार कार्य जारीः प्राधिकरण



काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको तारा एयरको विमानको उद्दारकार्य भइरहेको जनाएको छ ।

आइतबार बिहानदेखि सम्पर्क बिहीन भएको विमान सोमबार बिहान फेला परेको थियो । मुस्ताङको थासाङ गाउँपालिका–२ सोनसुरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बिमानको उद्धार कार्य तिव्र रुपमा भइरहेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान ८ बजेर १० मिनेटमा फिस्टेल एयरको हेलिकप्टर पुगेर विमान भेटिएको पुष्टि गरेको हो । आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो। सोमबार बिहान यार्सागुम्बा टिप्न गएका स्थानियले दुर्घटनास्थलको बारेमा जानकारी गराएका हुन् ।

पोखराबाट मुस्ताङ उडान भरेको विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित २२ जना थिए। ४ जना भारतीय नागरिक, २ जना जर्मन नागरिक र १३ जना नेपाली नागरिक रहेको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु