काठमाडौं महानगरका जनप्रतिनिधिले आज पदबहाली गर्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रतिनिधिले आजे पदबहाली गर्ने भएका छन् ।

महानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुले आज पदबहाली गर्न लागेका हुन् । महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवार सुनिता डङ्गोल निर्वाचित भएका छन् ।

कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेका कारण १६० जनप्रतिनिधि रहनेछन् ।

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित विजयी भएका छन् ।


क्लिकमान्डु