सम्पर्क बिहीन तारा एयर विमानको दुर्घटनास्थल पत्ता लाग्यो



काठमाडौं । आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानको दुर्घटनास्थल फेला परेको छ ।

नेपाली सेनाका अनुसार विमान मुस्ताङ जिल्लाकाे सानोस्वेयर, थासाङ-२ मा दुर्घटना अवस्थामा फेला परेकाे छ ।

आइतबार बिहानैदेखि हराइरहेको तारा एयरको विमान सोमबार बिहान फेला परेको हाे । नेपाली सेनाले उक्त विमान फेला परेको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले सामाजिक संजाल ट्वीटरमार्फत विमानको दुर्घटनास्थल पत्ता लागेको जानकारी गराएका छन् ।

उनले ‘खोज र उद्धार सेनाले भौतिक रूपमा विमान दुर्घटना स्थल पत्ता लगाएको छ । विवरणहरूको खोजि भइरहेको छ’ भन्दै ट्वीट गरेका छन् । खोजी तथा उद्धारमा खटिएको टोलीबाट थप विवरण आउन बाँकी रहेको उनले उल्लेख गरेका छन् ।


क्लिकमान्डु