आशा जगाउने बजेट आएनः पुर्व प्रधानमन्त्री डा. भट्टराई



काठमाडौं । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो बजेटले आशा जगाउन नसकेको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बजेटका विषयमा प्रतिकृया दिँदै यस्तो बताएका हुन् ।

उनले बजेटमा वैज्ञानिक भुमि सुधारको विषय नआएको भन्दै वैज्ञानि भुमिसुधार नआएसम्म देशमा परिवर्तन नआउँने दाबी गरे । यो बजेटले व्यापारघाटा घटाउने, स्वदेशी पुँजी परिचालन र विदेशी ऋण आउन नसक्ने उनको भनाइ छ ।

यो बजेटले ठूला उद्योगधन्दा नखुल्ने र व्यापारघाटा पनि नघट्ने दाबी गरे । प्रशासनिक सुधारका सामान्य कुरा भएको भन्दै रुपान्तरकारी योजना नआएको उनको दाबी छ ।


क्लिकमान्डु