शिक्षकका लागि छुट्टै अस्पताल खोल्ने सरकारको घोषणा



काठमाडौं । सरकारले शिक्षकका लागि छुट्टै अस्पताल खोल्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट भाषणमातर्फत् यस्तो घोषणा गरे ।

यसअघिका बजेटमा पनि शिक्षकका लागि अस्पताल खोल्ने घोषणा गरिएको भए पनि आगामी आर्थिक वर्ष भने निर्माणकार्य नै थाल्ने मन्त्री शर्माले जानकारी दिए ।

सरकारले निजामति कर्मचारीका लागि सिभिल अस्पताल खोलेजसरी नै शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको हो ।


क्लिकमान्डु