पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट



काठमाडौं । सरकारले पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

साथै, सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा पनि गरेको छ । नेपालको संस्कृति तथा सभ्यताको प्रवर्धन गर्दै आगामी आर्थिक वर्षमा उक्त संख्यामा पर्यटक भित्र्याउने घोषणा गरेको हो ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।


क्लिकमान्डु