पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, टिटी लेक आसपास खोजी कार्य जारी छः महाप्रबन्धक ठाकुर



काठमाडौं । सम्पर्कबिहीन तारा एयरका पाइलट प्रभाकर घिमिरेको मोबाइल लोकेसनका आधारमा खोजी कार्य जारी भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने, ‘टीटी लेक आसपासमा पाइटलको मोबाइलको लोकेसन देखिएको छ, घण्टी पनि गइरहेको छ, सोही आधारमा खोजी कार्य जारी छ ।’

उनका अनुसार पाइलटको एनटीसीको मोबाइलका आधारमा लोकेट गर्दा टीटी लेक आसपासमा लोकेसन देखाएको छ ।

यता नेपाल वायुसेवा सञ्चालक संघले भने लार्जुङमा विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरिसकेको छ ।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार लार्जुङको खोँचमा दुर्घटनाग्रस्त भएको र उक्त स्थलमा सम्बन्धित व्यक्तिहरु प्रस्थान गरेका छन् ।


क्लिकमान्डु