सरकारको नीति तथा कार्यक्रम चौबाटोमा उभिएको दिशाहिन बटुवा जस्तोः सांसद विष्ट



काठमाडौं । सांसद गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम चौबाटोमा उभिएको दिशाहिन बटुवा जस्तो भएको बताए ।

कुहिरोको काग जस्तो नीति तथा कार्यक्रमले जनतामा कुनै पनि आशा र भरोसा ल्याउन नसकेको बताए । पहिलादेखि बोलिदै, सुनिदै आएका कुराहरुलाई नै सरकारले नीति तथा कार्यक्रममा समावेश भएको दाबी गरे ।

देशको अवाश्यकतालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम नआएको उनको तर्क छ । अहिले राष्ट्रिय अर्थतन्त्रमा समस्या देखिएको, उत्पादन घटेको, आयात बढेको, विप्रेषण घटेको उल्लेख गरे । अबका दिनमा पेट्रोलियम पदार्थ माथिको परनिर्भरतालाई न्यून गर्दै उर्जा खपत गर्न सरकारले जुन नीति ल्याउनु पर्ने हो त्यो हुन नसकेको गुनासो गरे ।

अहिले राष्ट्रिय उत्पादन घटिरहेको समयमा विप्रेषणले दैनिक उपभोग्य सामान खरिद गरिएको सन्दर्भमा त्यसलाई न्यून गर्ने खालको नीति आउन नसकेको उनको गुनासो छ ।

सरकारले तत्कालिन समस्यालाई टालटुल पार्ने गरी नीति तथा कार्यक्रम ल्याएको सांसद बिष्टको दाबी छ । देशले जुन संकटको सामना गरेको छ त्यसलाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम नआएको उनको दाबी छ ।


क्लिकमान्डु