सांसद गजेन्द्र बहादुर महतले सभामुखलाई बुझाए तालचाबी



काठमाडौं । माओवादीका संसद गजेन्द्र बहादुर महतले संसदमा उपलब्ध गराइने समयमा ठूला नेता र साना नेता भन्दै समयमा विवेद गरेको भन्दै त्यसको सांकेतिक विरोध गर्दै सभामुख मानबहादुर विश्वकर्मालाई तालाचाबी बुझाएका छन् ।

‘ठूला नेताले जति पनि बोल्न पाउनुहुन्छ । हामी जस्ताले पाउँदैनौं,’ शनिबारको प्रतिनिधी सभामा नीति तथा कार्यक्रमको बारेमा बोल्ने समयमा उनले ताला देखाउँदै भने, ‘ठूला नेताले चाहनु हुन्छ भने यहाँ आएर यो चाबी खोलेर बोल्नु होला, तपाईहरुले चाबी खोलेर जति पनि बोल्न सक्नुहुन्छ ।’

उनले समामुखलाई चाबी हस्तान्तरण गर्दै भने, ‘गाली गर्नेलाई ३ घण्टा छ समय दिइन्छ, कर्णालीका कुरा गर्नेलाई ३ मिनेटमात्रै छुट्याइन्छ ।’


क्लिकमान्डु