पेट्रोलियम पदार्थ विस्थापन गरौं, विद्युतीय साधन खरिदमा भन्सार छुट गरौंः सांसद खड्का



काठमाडौं । सांसद कल्याणी खड्काले पेट्रोलियम पदार्थ विस्थापन गर्न र विद्युतीय साधन खरिदमा भन्सार महशुल छुट गर्ने व्यवस्था गर्न आग्रह गरेकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई यस्तो आग्रह गरेकी हुन् । उनले अबको दिनमा विद्युतीय उपकरणको प्रयोगमा प्रोत्साहन गर्न आग्रह गरिन ।

सरकारले नीति तथा कार्यक्रममा आव २०८०/०८१ मा निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने उल्लेख थियो । पूर्वाधार विकासको मार्ग खुल्ने अपेक्षा रहेको थियो’ उनले भनिन् ‘सर्वोच्च अदालतले अन्तराष्ट्रिय निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित सबै काम कारबाही बन्द गर्न निर्णय गरेको छ, यसले मुलुकको विकास सम्बभव छैन ।’

निजगढ अन्तराष्ट्रिय विमानस्थल बारे न्यायालयले गरेको निर्णयप्रति उनले खेद व्यक्त गरिन् ।


क्लिकमान्डु