चुनावले १६ अर्बले बढ्यो नगद, बैशाख मसान्तसम्म ६ खर्ब ३५ अर्बको नोट बजारमा



काठमाडौं । स्थानीय तहको निर्वाचनले बजारमा गएको नगद नोट बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैशाख महिनामा मात्र १६ अर्ब रुपैयाँले नगदको नोट बजारमा गएको छ ।

चैत मसान्तसम्ममा ६ खर्ब १९ अर्ब ६० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको थियो । बैशाख महिनामा ६ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको छ ।

स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारले गर्ने खर्चको कारण नगद नोटको प्रवाह बढेको हो । बैशाख महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप समेत घटेको थियो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा महानगरका मेयर पदका प्रत्यासीले साढे ७ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो । तर,उम्मेद्वारले त्योभन्दा बढी खर्च निर्वाचनमा गरेका छन् ।


क्लिकमान्डु