दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म लागू गर्ने
काठमाडौं । सरकारले दुर्गम क्षेत्रका विद्यार्थीलाई विद्यालय जाने वातावरण बनाउन दिवा खाना कार्यक्रम कक्षा ८ सम्म लागू गर्ने भएको छ ।
सरकारले आगामी वर्ष नमूना विद्यालय पनि सञ्चालनमा ल्याउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।