निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लगानी र निर्माण ढाचा तयार गर्ने



काठमाडौं । सरकारले अर्को आर्थिक वर्ष २०८०/८१ देखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्ने भएको छ ।

सरकारले त्यसका लागि लगानी तथा निर्माणको ढाचा चालु आवमा नै टुंगो लगाउने भएको छ ।

राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

निर्माण सम्पन्न भएका क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलहरु पुर्ण सञ्चालनमा ल्याउने आवश्यक प्रबन्ध मिलाइने भएको छ ।

चन्द्रगढी, विराटनगर, राजविराज, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा टर्मिनल निर्माणको कार्य समेत सुरु हुने भएको छ ।

सरकारले चालु आवबाट सुर्खेतको भेरीगंगा रामघाटमा प्रादेशिक विमानस्थल निर्माण गर्न सुरु गर्ने भएको छ ।


क्लिकमान्डु