जेठ १९ देखि एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कासन हुने



काठमाडौं । एनआईसी एशिसा क्यापिटलले ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ निष्कासन गर्ने भएको छ ।

प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गर्न लागेको हो । १० करोड इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याएको छ ।

८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । क्यापिटलले जेठ १९ देखि २४ गतेसम्म उक्त फण्ड निष्कासन हुन लागेको हो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार २ गतेसम्म आवेदन दिन सकिने छ । फण्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सकिनेछ ।

७ वर्षे बन्दमुखी म्युचुअल फण्ड योजनाको व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका साथै सी-आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था र मेरो सेयरको माध्यमबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु