दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी



काठमाडौं । चितवन भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् ।

जारी मतगणनामा पछिल्लो मतपरीणामअनुसार करिब २ हजार मतगणना बाँकी छ । उक्त मतगणना जारी रहँदा दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर पाएकी छिन् । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् ।

अन्तिम परीणाम आउन बाँकी रहँदै उनी निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि मात्रै नतिजा घोषणा गर्नेछ ।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित भएको छ । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।


क्लिकमान्डु