रिभर फल्स पावर कम्पनीको आइपीओ बाँडफाँट, साढे २ लाख लगानीकर्ता बने भाग्यमानी



काठमाडौं । रिभर फल्स पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाद्वारा सेयर बाँडफाँट गरिएको छ । सेयर बाँडफाँट गर्दा २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ता सेयर पाएका छन् । १६ लाख ५ हजार ३५२ जना आवेदकको हात खाली भएको छ ।

आइपीओमा १८ लाख ५९ हजार २४२ जनाबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताका लागि आवेदन परेको थियो । जसमा ३ हजार ८१९ जनाको आवेदन भने रद्द भएकोे थियो । आवेदन दिएका मध्ये योग्य १८ लाख ९ हजार २५९ जनाको आवेदन सदर भएको बिक्री प्रबन्धक प्रभु क्यापिटले जनाएको छ ।

कम्पनीले २७ करोड ३० लाख रुपैयाँको २७ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्ड, ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

लगानीकर्ताले आइपीओमा नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर, रिभर फल्स पावरको वेबसाइट तथा सीडीएससीको वेवसाइटबाट पनि थाहा पाउन सक्नेछन् ।


क्लिकमान्डु