सेयर बजार सूचक २२ सय बिन्दुमा झर्यो



काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजारमा पहिरो गएको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजारमा ३४.२१ अंकको गिरावट आउँदा परिसूचक २२ सय बिन्दुमा रोकिएको छ ।

२२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.६९ अंकले घटेर ४२९.०५ बिन्दुमा रोकिएको छ ।
बजारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको उपसूचक १७.९६, विकास बैंक ७५.९२, जलविद्युत ५३.०९, वित्त कम्पनी ३३.३२, निर्जीबन बीमा १६३.७९, उत्पादन तथा प्रशोधन ७२.४४, माइक्रोफाइनान्स ८४.७८, जीवन बीमा समूहको उपसूचक २८५.८८ अंकले घटेको छ ।

यो दिन कारोबार रकमको आधारमा नबिल बैंक अगाडि रहेको छ । बैंकको ४ करोड १५ लाख ९ हजार २६५ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु