प्रि-ओपनिङमा बढ्यो बजार, डेढलाख बढीको कारोबार



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार ६.१७ अंकले उकालो लागेको छ । बजार ६.१७ अंकले बढेर परिसूचक २२४१.२६ बिन्दुमा रोकिएको छ ।

१५ कम्पनीको ३२१ कित्ता सेयर १ लाख ६० हजार ४७९ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १०.७८, विकास बैंक १४.०४, जलविद्युत समूहको उपसूचक ०.२८ अंकले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.५१ अंकले घटेको छ ।


क्लिकमान्डु