भरतपुरमा रेनुले सुवेदीलाई ८ हजार बढी मतले पारिन् पछि



काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले विजय सुवेदीलाई ८ हजार २९५ मतले पछि पारेकी छिन् ।

महानगरमा जारी मतगणनामा संयुक्त गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार दाहालले ३७ हजार ९२८ मत प्राप्त गरेकी छिन् ।

यस्तै एमालेका उम्मेदवार सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरेका छन् । सुरु सुरुमा दाहाल र सुवेदीको मतान्तर थोरै रहेपनि पछिल्लो समय मतान्तर निकै बढेको छ ।

काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत ल्याएका छन् ।

यस्तै उप प्रमुखतर्फ भरतपुरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४० हजार १२१ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले २३ हजार ४४३ मत पाएकी छिन् । भरतपुरमा मेयर तथा उप मेयरमा गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ ।


क्लिकमान्डु