डाक्नेश्वरीकाे प्रमुख र उपप्रमुखमा एमाले विजयी



सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् ।

नगरप्रमुखमा एमालेका रामलखन मलाहा ५ हजार ८५४ मत ल्याएर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३९६ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले ६ हजार १९७ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले ५ हजार २०९ मत ल्याए ।

वडाध्यक्षमा एमाले र कांग्रेसले चार-चार, जसपा र लोसपाले एक-एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ । एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

कांग्रेसबाट वडा-१ मा प्रितमलाल चौधरी, वडा-२ मा रहमान मियाँ, वडा-३ मा भागेश्वर यादव र वडा-४ मा हरिप्रसाद राय वडा अध्यक्षमा विजयी भएका छन् । वडा-६ मा जसपाका कुशेश्वरप्रसाद यादव र वडा-७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई-दुई स्थानीय तह र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक÷एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।


क्लिकमान्डु