मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



धनुषा । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् । निर्वाचित महतोले ७ हजार ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका छत् ।

त्यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छिन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी छिन् ।

उपप्रमुखमा निर्वाचित भएकी बुढाथोकीले ७ हजार ४१४ मत प्राप्त गरेका छन् भने कांग्रेसका कोइरालाले ६ हजार ७३५ मत पाएकी छिन् ।


क्लिकमान्डु