मल किन्न २५ अर्ब बजेट चाहिन्छ, खेत-खेतमा विद्युत चाहियोः सांसद साह



काठमाडौं । सांसद भरत कुमार साहले कृषि क्षेत्रमा मलको अभाव हुन नदिन २५ अर्ब रुपैयाँ बजेट विनियोजन गर्न अर्थ मन्त्रालयलाई सुझाव दिएका छन् ।

अघिल्ला आर्थिक वर्षमा १४,१५ अर्ब रुपैयाँ बजेट दिँदा मल किन्न नसकेको र जनताले मल नपाएको भन्दै आगामी आवको बजेटमा मलसको सिलिङ बढाउन सुझाव दिए । प्रतिनिधि सभाको बैठकमा उनले उक्त कुरा बताएका छन् ।

सांसद साहले बार्षिक ६ लाख मेट्रिक टन मल चाहिने गरेको भन्दै त्यसलाई २५ अर्ब रुपैयाँ बजेट भए पुग्ने उनको भनाइ छ ।
सांसद साहले आगामी आवको बजेटमा किसानको खेत–खेतमा विजुली पुर्याउनु पनि सुझाव दिए । खेतमा विजुली पुगे किसानको लागत कम पर्ने उनको भनाइ छ ।

‘बोरिङ गरेर पानी निकाल्ने हो भने ४ रुपैयाँ प्रति युनिटमा पानी निकाल्ने सकिन्छ’ उनले भने ‘अहिले डिजेलबाट पम्पिङ गर्दा प्रति युनिट १०० रुपैयाँ लाग्ने गरेको छ । यसले किसानको लागत बढेको छ ।’ बैठकमा सांसद साहले सबै गाँउमा सडक पुर्याउन बृहत रुपमा प्रधानमन्त्री सडक योजना ल्याउन सुझाव दिए ।

उनले देश श्रीलंका हुने हो की भनेर सबैतिर चर्चा भइरहेको भन्दै नेपाल त्यो बाटोमा नजाने बताए । ‘राजस्व उठेन भनेर, विदेशी विनिमय संचिती नभए देशमा समस्या सृजना हुन्छ’ उनले भने ‘हाम्रो देश श्रीलकां जस्तो बन्दैन । नेपालमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा रहेको छ ।’

साहले आगामी दिनमा आयात निरुत्साहित गर्ने नीति लिन आग्रह गरे । आयात निरुत्साहित गर्ने नीति बनाउन पनि उनले सुझाव दिए । सांसद साहले लुम्बिनीको सिमानामा अध्यागमन कार्यालय खोल्न पनि सुझाव दिए ।


क्लिकमान्डु