कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की विजयी भएका छत् ।

कार्कीले ११ हजार ३२२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामशरण ढुङ्गानाले ८ हजार २६३ मत ल्याएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले ९ हजार ९७५ मत पाएर विजयी भएकी छिन् । उनलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र) की भोला चापागाईंले ५ हजार ४२२ मत पाएकी छिन् ।

नगरपालिकाको वडा-१, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । वडा-६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जितेका छन् भने काग्रेस वडा-२, ५, ७, ८ र ९ मा वडा अध्यक्ष जितेको छ ।


क्लिकमान्डु