भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित



काठमाडौं । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी भएका छन् ।

त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

उपप्रमुखमा गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गरेका छन् । ४० हजार ९६६ मतदाता रहेको भानुमा २५ हजार ५७२ मत खसेको थियो ।

१३ वडामध्ये कांग्रेसले ९, एमालेले २ र स्वतन्त्रले २ वडामा जित हासिल गरेको छ ।


क्लिकमान्डु