पुँजी बजारमा नयाँ तरंग ल्याउने गरी बजेट बन्नुपर्छः सांसद विनोद चौधरी



काठमाडौं । सांसद विनोद चौधरीले पुँजी बजारमा नयाँ तरंग ल्याउने गरी आगामी आर्थिक वर्षको बजेट बनाउन सुझाव दिएका छन् ।

संसदमा सम्बोधन गर्दै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् । धेरै नेपालीको पुँजी सेयर बजारमा डुबेको भन्दै बजारमा नयाँ तरंग ल्याउने गरी बजेट आउनु पर्ने बताए ।

बैंकमा तरलता अभावको कारण ७ प्रतिशतको हाराहारीमा रहेको ब्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थिती रहेको बताए । राष्ट्र बैंकसँग रहेको ५ सय अर्ब भन्दा बढी पुँजी तरलता अभाव कम गर्न जानुपर्ने उनको भनाइ छ ।

सरकारले विकास खर्च गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने अवस्था पनि अन्त्य हुनुपर्ने उनको भनाइ छ । आगामी बजेट यसतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु