सेयर बजारमा गिरावट, कारोबार १ अर्ब ३० करोड मात्रै



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा गिरावट आएको छ ।

बजारमा निरन्तर आएको गिरावटले लगानीकर्तालाई समेत निरुत्साहित बनाएको छ । बजारमा २३.५१ अंकको गिरावट आउँदा परिसूचक २२५०.९१ बिन्दुमा रोकिउको छ ।

२१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको उपसूचक ६.५७, विकास बैंक ८३, जलविद्युत ४४.७४, वित्त कम्पनी ४१.३५, निर्जीबन बीमा १४३.०५, उत्पादन तथा प्रशोधन ४४.४२, माइक्रोफाइनान्स ५१.७, जीवन बीमा समूहको उपसूचक १७२.२८ बिन्दुमा रोकिएको छ ।


क्लिकमान्डु