लक्ष्मीबहादुरले मुद्दा फिर्ता लिएपछि नबिललाई एनबी गाभ्न बाटो खुल्यो



काठमाडौं । लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएपछि नबिल बैंकलाई एक्विजेशन गर्ने बाटो खुलेको छ । नबिल बैंक र एनबी बैंकले एक्विजेशनको लागि जेठ ७ गते विशेष साधारणसभा बोलाएका छन् ।

एनबी बैंकका संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले नबिल र एनबीको एक्विजेशन भाँड्नको लागि सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । सर्बोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

बिहीबार सर्बोच्च अदालतमा न्यायधीशहरु आनन्दमोहन भट्टराई र शुष्मलता माथेमाको सयुक्त इजलाशमा सो मुद्दामा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा मुद्दाको फैसला हुने थियो ।

निवेदकले मुद्दा फिर्ता लिएपछि यसअघिको अल्पकालिन आदेश समेत खारेज हुने छ । हुँदै नभएको विवादमा लक्ष्मीबहादुरले मुद्दा हालेर एक्विजेशन भाँड्न लागेका थिए ।

‘नियम अनुसार भएको कुरालाई विगतमा अदालत प्रयोग गरेर भाँड्ने लक्ष्मीबहादुरजीको बानी थियो,यो पटक समेत त्यही काम गर्न थाल्नु भएको थियो,’एनबी बैंकका एक सञ्चालकले भने ।

लक्ष्मीबहादुरलाई पछाडिबाट ब्याकिङ भने मोति दुगडले गरेका थिए ।

नबिल बैंक र एनबी बैंकले ७ गते विशेष साधारणसभा बोलाएका छन् । एनबी बैंकले नबिलसँग गाभिएपछि काम गर्न नचाहेका कर्मचारीलाई २४ महिनासम्मको तलब सुविधा दिएर बिदा दिने नीति ल्याइसकेको छ । असार मसान्तसम्ममा एकीकृत कारोबार गर्ने तयारी दुई बैंकको छ ।


क्लिकमान्डु